आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवम् श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस हरेक वर्ष मे १ तारिखमा मनाइँदै आएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण गर्नुभएको छ ।त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गरेका हुन् । दिवसका अवसरमा शुभकामना दिँदै उहाँले श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौं श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ,




















