आन्तरिक उडान रोक्ने तयारी, भारतसहितका देशमा उडान बन्द गर्न सीसीएमसीको सिफारिस

[sharethis-inline-buttons]

लुदअ बैशाख १८, काठमाण्डौ
कोरोना १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आन्तरिक उडान बन्द गर्न सिफारिस गरेको छ ।

कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भएकाले आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

सरकारले कोरोना सङ्क्रमित बढेका जिल्लामा निषेधाज्ञा लगाएर गाडी चल्न बन्द गरे पनि आन्तरिक उडान भने खुला नै रहेका छन् । सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालले जानकारी दिनुभयो । यसैबीच सरकारले कोरोना सङ्क्रमणको अवस्था भयावह भएका देशबाट नेपालमा हुने उडान रोक्ने तयारी गरेको छ ।

सीसीएमसीले भारतसहित सङ्क्रमण उच्च रहेका देशबाट नेपालमा हुने उडान रोक्न सिफारिस गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । सीसीएमसीका सिफारिस मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुनेछन् । भोलि नै मन्त्रिपरिषद्को बैठक बस्ने सम्भावना रहेको मन्त्री ढकालले बताउनुभयो ।

 


प्रकाशित : २०७८ बैशाख १८, शनिबार ११:२९