लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने, शुल्क समेत निर्धारण

ByLumbini Darpan Online

१८ बैशाख २०७८, शनिबार १४:२३ १८ बैशाख २०७८, शनिबार १४:२३ १८ बैशाख २०७८, शनिबार १४:२३

लुदअ बुटवल, वैशाख १८
लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले बताए । त्यसका लागि प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको उपचार खर्चमा एकरुपता ल्याउने गरी शुल्क निर्धारण गरिएको छ ।

जस अनुसार अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५००, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ । तोकिएको रकम सरकारले उपलब्ध गराउने भएकाले निजी अस्पतालले पनि बिरामीबाट शुल्क लिन नपाइने मन्त्री गिरीले बताए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *