आज एकैदिन सात हजारभन्दा धेरै सङ्क्रमित थपिए

ByLumbini Darpan Online

१९ बैशाख २०७८, आईतवार ११:१६ १९ बैशाख २०७८, आईतवार ११:१६ १९ बैशाख २०७८, आईतवार ११:१६

बैशाख १९,

काठमाण्डौ
पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएको सङ्ख्या र सङ्क्रमण पुष्टि भएको सङ्ख्यालाई प्रतिशतमा हेर्ने हो भने पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा कोरोना पुष्टि भएको हो । काठमाण्डौ उपत्यकामा आज तीन हजार पाँच सय ९५ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ । यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकोमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *