
बैशाख १९ अर्घाखाँची ।
अर्घाखाँचीमा भारतीय एक नागरिकको लडेर मृत्यु भएको छ । भारतको मोतिहारी जिल्ला बिहार घर भइ अर्घाखाँची जिल्लाको सन्धिखर्क २ बस्दै आएका ३७ बर्षिय भगेलु शाहको बाटोमा हिड्दा हिड्दै लडेर अचानक आईतबार मृत्यु भएको हो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा राखिएको छ । बाटोमा लडेर गम्भीर टाउकोमा चोट लागेका उनको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ बैशाख १९, आईतवार १३:२८