
तानसेन २० बैशाख
पाल्पामा पछिल्लो १२ घण्टामा २ जना कोरोना सक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाँडाका ७८ बर्षिय पुरुष र रामपुर नगरपालिका वडा नंं १० गेझाँका ७२ पुरुष रहेका छन ।
दुबै मृतक मध्ये रम्भा ३ पिपलडाडाका ७८ बर्षिय पुरुषको े मिशनमा उपचारको क्रममा मृत्यु भएको हो भने रामपुर १० गेझाका ७२ बर्षिय पुरुष अस्पतालको उपचार पछी घरमा क्वारेनटाईनमा बसेका थिए । दुुबै जनाको कोरोना सक्रमणको रिपोट पोजेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पंन्थीले बताए । पाल्पामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । दुबै सक्रमित पुरुषहरुको शव पारिवारिक सदस्यहरुले व्यबस्थापन गरेका छन ।