बुटवलमा उपचाररत ६ जना संक्रमितको मृत्यु

ByLumbini Darpan Online

२० बैशाख २०७८, सोमबार ११:०३ २० बैशाख २०७८, सोमबार ११:०३ २० बैशाख २०७८, सोमबार ११:०३
बैशाख २० बुटवल ।
रुपन्देहीको विशेष कोरोना अस्पतालमा उपचाररत अर्घाखाँची धातिवाङका ७५ बर्षिय एक पुरूष सहित ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो।
सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अर्घाखाँची धातिवाङका ७५ बर्षिय पुरूष, रुपन्देही बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *