दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक छ ः आपूर्ति विभाग

[sharethis-inline-buttons]

दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक छ ः आपूर्ति विभाग
बैशाख २२ ,
दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा मौज्दात रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । महानिर्देशक पौडेलले बजारमा खाद्यान्न सहजै उपलब्ध हुने भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी खरिद गरी सञ्चय नगर्न पनि आग्रह गरे । खाद्य पदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए ।


प्रकाशित : २०७८ बैशाख २२, बुधबार ०९:३६