
बैशाख २२,
अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति पनि देशभर पानी परेको थियो । केहीठाउँमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाकी मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

