लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

[sharethis-inline-buttons]

वैशाख २२, बुटवल
लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनीहरुलाई मंगलबार साँझ मन्त्री पदमा नियुक्त गरिएको थियो । ४ दिनको अवधिमा ४ पटक मन्त्रीहरुको शपथ भएको छ । योसहित लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।


प्रकाशित : २०७८ बैशाख २२, बुधबार ११:४५