
बुटवल, २२ बैशाख ।
लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई ७९ लाख रुपैया दिने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । सिमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरि सो रकम उपलब्ध गराइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाको लागि १०–१० लाख रुपैया उपलब्ध गराइने छ । त्यसैगरी कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुम लाई ५÷५ लाख जिल्ला विपत व्यवस्थापन समितिलाई छुट्याइएको मन्त्री चौधारीले बताए । यसैबीच जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कात्र्तिकमा सार्ने निर्णय प्रदेश सरकारले गरेको छ । कोरोना कारण जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मलेन आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले बताए ।

