
भारतमा पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ९० रुपियाँ ७४ पैसा कायम भएको छ भने डिजेलको मूल्य भारु ८१ रुपियाँ १२ पैसा रहेको छ । भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । हिजो प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो । सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले एकबर्ष यता पेट्रोलमा प्रतिलिटर भारु २१ रुपैयाँ ५८ पैसा र डिजेलमा भारु १९ रुपैयाँ १८ पैसा वृद्धि गरेका छन् । नेपाल आयल निगमले भारतीय आयल निगमसँग कारोबार गर्ने भएकोले त्यसको असर नेपालमा पनि देखिनसक्ने अनुमान गरिएको छ । यसअघि नेपाल आयल निगमका अधिकारीहरुले मूल्यवृद्धिले पेट्रोलको मात्र एक सय चालीससम्म पुग्न सक्ने बताइसकेका छन् ।