कोरोनाबाट थप ५८ जनाको मृत्यु, साढे आठ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि

ByLumbini Darpan Online

२२ बैशाख २०७८, बुधबार १३:०० २२ बैशाख २०७८, बुधबार १३:०० २२ बैशाख २०७८, बुधबार १३:००

लुदअ बैशाख २२, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२० हजार सात सय ५६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ६ सय पाँच जना र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी आठ हजार ६ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्यासँगै नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६ सय १० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौमा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय ७५ पुगेको छ ।

एकैदिन सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेको यो सङ्ख्या नेपालमा अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८९ हजार सात सय ८३ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *