
एमालेको रुपन्देहीको नेतृत्वका बारेमा चर्चा शुरु भएको छ ।केन्द्रीय कमिटी बैठकले पुष २३ र २४ मा सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेसँगै जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ । अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वका लागि भने आकाँक्षीहरुले दौडधुप सुरु गर्न थालेका छन् ।
वडादेखि पालिकासम्म सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमै टुङ्गाउने कसरत जारी राखेको हो । तर जिल्ला अध्यक्षका लागि भने आधा दर्जन भन्दा बढि आंकाक्षीहरु छन्। अध्यक्षका लागि बहालवाला पार्टी अध्यक्ष शिवराज सुवेदी केन्द्रिय सदस्य भएसंगै रुपन्देहीको नेतृत्वमा नयाँ अनुहार आउने निश्चित जस्तो देखिएको छ ।
नेतृत्वको लागी उपाध्यक्ष पुरुषोत्तम घिमिरे , जिल्ला कमिटी उपसचिव गोपाल राना, अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरे ,तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, नेकपा हुदाको सह संयोजक तेजेन्द्र केसी, जिल्ला सदस्य हितराज पन्थी, सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भइसकेको बलबहादुर आचार्य अहिले सम्म जिल्लामा चर्चा भएका ब्यक्तीहरु हुन् ।
तर अहिले रुपन्देही एमालेको अध्यक्षको लागी थप दावेदारी प्रस्तुत भएको छ । एमाले रुपन्देही जिल्ला अध्यक्षको लागी नेकपा रुपन्देही क्षेत्र नं १ को इन्चार्ज समेत रहेका नेकपा एमाले सचिवालय सदस्य ऋषीराम सापकोटाले पनि दावेदारी प्रस्तुत गरेका छन्

