
हरि आचार्य, कपिलवस्तु
विगत २ दशक देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका बिकास आचार्यले एमाले कपिलवस्तुको उप सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
वि.स. २०५९ सालमा नेपाल राष्ट्रिय मावि रनगाईको अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष भई राजनीति सुरु गरी सोहि बिद्यालयमै तत्कालिन एस.एल.सी.मा अहिलेसम्मकै सर्वाधिक अंकका साथ उतीर्ण हुनुभएका आचार्य अध्ययन अध्यापनमा पनि निकै अब्बल व्यक्तिको रुपमा चिनिनुहुन्छ ।
यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग, विद्यार्थी र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम उप–सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको आचार्यले बताउनुभयो ।
विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टीका हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा विद्यार्थी तथा युवाहरुको पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको उहाँले बताउनुभयो ।
लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका आचार्य बुद्धभूमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भई समृद्ध वडाका लागि लागिरहनुभएको छ । आचार्य युवा वर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।
२०६४ सालमा सिद्धार्थ स्मारक उच्च माबिको अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष हुनुभएका आचार्य २०६६ सालमा गौतमबुद्ध बहुमुखी क्याम्पसको क्याम्पस कमिटी अध्यक्ष भई सशक्त रुपमा विद्यार्थी राजनीति गर्नुभएको थियो ।
२०६७ सालमा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य हुनुभयो भने २०६८ देखि २०७१ अनेरास्ववियु जिल्ला कमिटी सचीव भई जिम्मेवारी सम्हालेको अनुभव आचार्यसंग छ ।
त्यस्तै २०७२ देखि २०७५ सम्म पार्टीकै जनवर्गीय संगठन अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्ष बनी जिल्ला कमिटिलाई सशक्त रुपमा अगाडि बढाउनुभएका आचार्य २०७२ मा नेकपा एमाले तत्कालिन बुद्धबाटिका नगरकमिटी उप–सचिव भई पार्टीकै मुख्य पदको जिम्मेवारी सम्हाल्नुभयो ।
त्यस्तै २०७५ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुभएको थियो भने २०७७ सालमा जिल्ला कमिटि सचिवालय सदस्य बन्न सफल हुनुभयो ।
२०७८ मा राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य समेत बन्नु भएका उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनबाट बुद्धभुमी नगरपालिका वडा नं. ३ को निर्वाचित वडा अध्यक्ष भई निरन्तर समाजेवा गरि राष्ट्र र पार्टी प्रति निकै महत्वपुर्ण योगदान गर्दै आईरहनुभएको छ ।
आचार्यले उप–सचिवमा उम्मेद्वारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् ।
लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका आचार्यले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न सचिवमा उम्मेद्वारी रहेको बताउनु भयो ।
कार्की पार्टी एकता भन्दा पहिला देखिनै पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीका हार्ड लाईनरको रुपमा चिनिनुहुन्छ ।