एमाले पाल्पाको नयाँ नेतृत्व चयन ।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कृष्ण पोखरेल
नेकपा एमाले पाल्पाको नवौ जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ । एमाले पाल्पाको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी) र सहसचिवमा टिका थापा र सुनिता शर्मा चयन भएका छन । निर्वाचित अध्यक्ष घिमिरे दुई पटकसम्म पाटी सचिव भएर काम गरिसकेका छन भने, उपाध्यक्ष लामिछाने यस अघि जिल्ला कमिटी सदस्य भई पाटीको काम गर्दै आएका थिए । सर्वसम्मत नेतृत्व चयनको लागी रातभरीको कसरतबाट लुम्विनी सह ईन्चाज दलबहादुर राना, पोलिटिव्युरो सदस्य एवं जिल्ला ईन्चाज ठाकुर गैरे, लुम्विनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको सहजीकरणमा आज विहान ४ बजे घिमिरेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला कमिटीमा दश वटै पालिकाबाट सबै वडा समेट्ने गरी ८१ जना, विभिन्न भातृ संघठनका गरी एक सय पाँच जना जिल्ला कमिटी सदस्य चयन भएका छन भने अन्य १५ जना जिल्ला कमिटीको बैठकले मनोनित गर्ने बताईएको छ ।


प्रकाशित : २०७८ पुष २४, शनिबार १७:२७