
हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि भएको निर्वाचनमा शर्मा २ सय ३८ मत सहित विजयी भएका हुन् ।
मतपरिणाम को अन्तिम नतिजा अनुसार शर्माका निकटतम प्रतिद्धन्दी बाबुराम खनालले १ सय ८६ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेका हुन् ।