ताजा अपडेट

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खानी विभागका महानिर्देशक सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

लुम्बिनी दर्पण २०७८ माघ १२, बुधबार १७:४५
[sharethis-inline-buttons]

लुदअ माघ १२, काठमाण्डौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक र उपमहानिर्देशक तथा नौ वटा कम्पनीका सञ्चालकसहित १८ जनाविरुद्ध एक अर्ब २४ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

खानी तथा चुनढुङ्गा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजस्व हिनामिना गरेको आरोप उनीहरूलाई छ । २०७४ सालमा खानी तथा चुनढुङ्गा उद्योगहरूले दोहन गरेको आरोप लागेको थियो । चुनढुङ्गा उद्योगीहरूले कानुनसम्मत रूपमा तिर्नुपर्ने जरिबानालगायत नतिराइकन उन्मुक्ति दिएको आरोप लागेपछि अनुसन्धान सुरु भएको थियो ।

यस मुद्दामा विभागका महानिर्देशक घिमिरे र उपमहानिर्देशक जयराज घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजन मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र भूगर्भविद् सौनक भण्डारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेविरुद्ध १६ करोड ३१ लाख रुपैयाँ, सिद्दार्थ मिनरल्सका सञ्चालक पशुपति मुरारकाविरुद्ध ४९ करोड ४५ लाख रुपैयाँ, मारुती सिमेन्टका सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख रुपैयाँ, अन्नपूर्ण क्वेरिजका सञ्चालक ऋषि अग्रवालविरुद्ध ११ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

साथै उदयपुर मिनरल्स टेकका प्रवलजङ्ग पाण्डेविरुद्ध एक करोड ७९ लाख रुपैयाँ, युनाइटेड सिमेन्टका नरेश दुगडविरुद्ध नौ करोड ६९ लाख रुपैयाँ, सोनापुर सिमेन्टका निपेश तायलविरुद्ध ६ करोड ९८ लाख रुपैयाँ, कञ्चन क्वेरिजका भीमबहादुर थापा क्षेत्रीविरुद्ध तीन करोड आठ लाख रुपैयाँ र डोलामाइट चुनढुङ्गा उद्योगका मानबहादुर श्रेष्ठविरुद्ध पाँच करोड ४३ लाख रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ ।

 


प्रकाशित : २०७८ माघ १२, बुधबार १७:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

भर्खरै

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech