हरि आचार्य, कपिलवस्तु
युग र जनताको चाहाना अनुसार अगाडि बढेको अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ । वडा नम्बर १३ का ८० बर्ष माथीका १९ जना वृद्धवृद्धा आमाबुवाहरुलाई न्यानो कम्बल बितरण गरिएको वडा अध्यक्ष दुर्गा बिसीले जानकारी दिनु भयो ।
चिसो बढेसंगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल बितरण गरिएको वडाध्यक्ष बिसीले जानकारी दिनु भयो । वडा नम्बर १३ ले गत बर्ष समेत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरि ८० बर्ष माथीका वृद्धवृद्धाहरुलाई सम्मान गरेको थियो ।
गत बर्ष छुटेका १९ जनालाई यस बर्ष ब्ल्यांकेट (कम्ब)े बितरण गरिएको हो । वडा कार्यालयले यस अघि नै बिनियोजन गरेको बजेटबाट उनीहरुलाई कम्बल बितरण गरेको हो ।
कम्बल बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिसीले चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक काम बाहेक बाहिर नजान आग्रह गर्नु भयो । वडाध्यक्ष बिसीले जाडोयाममा बृद्धबृद्धा र बालवालिकाहरु सबै भन्दा बढी प्रभावित हुने भएको हुँदा न्यानो कम्बल प्रदान गरिएको बताउनुभयो ।
यस्तै कोरोना सक्रमण समेत बढी रहेकोले सबै वडाबासी लाई सचेत हुन अनुरोध गर्नु भयो ।