निर्वाचित राष्ट्रिय सभा सदस्यले जनताको हितमा काम गर्ने प्रतिवद्धता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुुटवल, माघ १३ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्यले जनताको हितलाई शिरमा राखेर काम गर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेद्वारलाई बिहीबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताइन । उनले गठबन्धनका उम्मेद्वारको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बताईन । उनले केपी ओली नेतृत्वको एमाले बलियो भएको भनिएको लुम्बिनीको राष्ट्रियसभाबाट पछार्न सफल भएको बताइन् ।
राष्ट्रिय जनमोर्चाकातर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए । उनले देश र जनताका समस्याहरुलाई निकास दिन राष्ट्रियसभा सदस्यको हिसाबले पूरा गर्ने प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन । उक्त अवसरमा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोरक्रस गरेर समेत गठबन्धनका उम्मेद्वारलाई भोट दिएको बताए । लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भएका थिए ।


प्रकाशित : २०७८ माघ १३, बिहीबार १७:४७