बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रधानमन्त्री निवास बालुवाटरामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् । भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायत विषयमा छलफल भएको बताइएको छ। बिहीबार साँझ मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनप्रति चासो व्यक्त गरेको र संविधानबमोजिम नै निर्वाचन गराउन सुझाव दिएको बताइएको थियो । निर्वाचनबारे गठबन्धनमा लामो समयदेखि छलफल भइरहे पनि कुनै निष्कर्ष निस्किएको छैन । निर्वाचन आयोगले सरकारलाई स्थानीय निर्वाचनको मिति तोक्न ताकेता गरिरहेको छ। वैशाखमै स्थानीय चुनाव गर्नुपर्नेमा गठबन्धनभित्रै एकमत रहेको पाइँदैन। प्रतिपक्ष दल नेकपा एमालेले भने कुनै पनि वहानामा स्थानीय निर्वाचन सार्न नहुने बताएको छ । साथै उसले जुनसुकै बेला हुने सबैखाले निर्वाचनमा भिड्न आफू तयार रहेको पनि बताएको छ ।


प्रकाशित : २०७८ माघ १४, शुक्रबार १७:४४