कृषि कार्यकालागि लम्बिनी प्रदेशमा चारवटा कार्यालय स्थापना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीमा कृषि ज्ञान केन्द्रको स्थापना भएको छ । यस अघि नवलपरासी र रुपन्देही दुुबै जिल्ला हेर्ने गरि परासीमा कार्यालय थियो । सेवा प्रवाहमा कठिनाइ भएपछि प्रदेशको कृषि मन्त्रालयले रुपन्देहीमा पनि कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय स्थापनापछि आइतबार कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका सूचना अधिकारी अनिल कुमार कानु बनियाले प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रकम बराबरका वार्षिक कार्यक्रम तय गरिएको छ । कार्य सम्पादनकालागि अब पाँच महिना मात्र बाँकी छ । के पाँच महिनामा कार्यक्रम कार्यान्वयनमा ल्याएर लक्ष्य अनुसारको प्रगति हासिल गर्न सम्भव छ ? त्यसकालागि ज्ञान केन्द्र रणनीतिक योजना बनाएको कार्यालय प्रमुख सन्देश धितालले बताए । अवधि कम भएकाले स्थानिय तहका कृषि प्राविधिकको सहयोगमा कार्य तालिका अनुसार काम अगाडि बढाउने उनले बताए ।
कृषि ज्ञान केन्द्रले आइतबार १६ वटै स्थानीय तहका कृषि अधिकारीहरुसँग छलफल गरि समन्वय गरेर अगाडि बढ्ने जनाएको छ । कार्यक्रम सञ्चालन हुने स्थानीय तहका कृषि प्राविधिकले सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । सम्बन्धित स्थानीयका कर्मचारीको समन्वयमा प्रदेशका कार्यक्रम सञ्चालन भए बेथिति रोकिने उनीहरुले बताए ।
केन्द्रले तथ्याङ्क अद्यावधिक गर्ने, प्राविधिक सेवा तथा प्राविधिकको क्षमता अभिवृद्धी, अल्पकालिन र दीर्घकालिन योजना तथा सुचकहरु तर्जुमा र कार्यान्वयन गर्ने, व्यवसायिक तथा दिगो खेती प्रवर्धन र उन्नत प्रविधि, सामूहिक खेती तथा बजारिकरण प्रवर्धनमा जाने गरि कार्यक्रम सञ्चालनमा ल्याएको छ । दुई महिना अघि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले थप चारवटा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । जसमा अर्घाखाँची, नवलपरासी र गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र रुपन्देहीमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएका छन् ।


प्रकाशित : २०७८ माघ १६, आईतवार १७:०६