
लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा ६ सुठौली , बनकसिया क्षेत्रमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेका छ । ट्याक्टर पक्राउ परेका छन् । ठेक्का नै नलागेको ठाँउ बन क्षेत्रबाट नदीजन्य पदार्थ निकासी गरेका छ वटा ट्याक्टर पक्राउ परेका हुन् ।
जसमध्ये ३ ट्याक्टर जिल्ला प्रहरी कार्यालय तौलिहवाको टोली ले पक्राउ गरि जनै २५ हजार जरिवाना पछी छाडिएको जिल्ला समन्वय अधिकारी भुमिराज पोख्रेलले बताए ।
अन्य ३ ट्याक्टर वन क्षेत्रबाट निकासी गर्दै गर्दा वागेश्वरी सामुदायिक वन समुहका उपाध्यक्ष भरत कार्कीको नेतृत्वमा पुगेको वन पदाधिकारीहरुको टोलीले फेला पारी जरिवाना र अवदेखि वन क्षेत्रमा नजाने कागज गराई छाडिएको बताईएको छ ।
लुम्बिनी दर्पण साप्ताहिकले वन क्षेत्रबाट तस्करी भैरहेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो ।