बिहेको खुसी क्षणिक बन्योः ८ जनाको मृत्युले गाउँनै शोकमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, प्युठान
प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्युले गाउँनै शोकमा डुबेको छ । भने ५ जना घाइते भएका छन् । बिहेको खुसीमा रमाउदै गरेको हर्षोल्लास क्षणिक बनेको छ । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित : २०७८ माघ २३, आईतवार ०७:२१