ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न सिफारिस

लुम्बिनी दर्पण २०७८ माघ २३, आईतवार ७:३४

लुदअ, काठमाडौं
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीको काम कारवाहीमाथि छानबिन गर्न गठित उपसमितिले उनी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । र, थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले बोर्डका कार्यकारी प्रमुख रेग्मी ‘आर्थिक अनियमितता’मा संलग्न रहेको निष्कर्ष निकालेको हो । उपसमितिले रेग्मीले बोर्डमा गरेका आर्थिक अनियमितता, गैरकानूनी क्रियाकलाप अनि भन्सारका कर्मचारीमाथिको दुव्र्यवहार र सुन चोरी पैठारीजस्ता घटनाले रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी पदमा रहिरहन उपयुक्त नहुने सुझाव दिएको हो ।

 

आर्थिक अनियमितताको आरोपमा त थप अनुसन्धान हुनुपर्ने भनेको छ । ‘निजले गरेका आर्थिक अनियमितताका सम्बन्धमा अनुसन्धानात्मक कारवाही गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्ने’ छानबिन प्रतिवेदनको सिफारिस खण्डमा भनिएको छ, ‘निजको अनुचित र कानून प्रतिकूल आचरणका सम्बन्धमा बोर्डले उपयुक्त निर्णय गर्नुपर्ने देखिन्छ ।’

गत सोमबार मन्त्रालयका सचिवलाई बुझाएको प्रतिवेदनमा अनुसन्धानात्मक कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने भन्नुको अर्थ रेग्मीमाथि थप अनुसन्धानका लागि मन्त्रालयले नै अख्तियारमा पत्राचार गर्नुपर्छ भन्ने हो ।

रेग्मी पदमा बहाल रहने वा नरहने भन्ने विषयमा उपसमितिले उपयुक्त निर्णय गर्नुपर्ने भनी बोर्डलाई नै जिम्मेवारी दिएको छ । बोर्डमा पर्यटन सचिव अध्यक्ष हुन्छन् भने विभिन्न मन्त्रालय, निकाय र पर्यटन क्षेत्रका प्रतिनिधि सदस्य हुन्छन् । नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा बोर्डको कार्यकारी समितिको निर्देशनको पालना नगरेमा वा बोर्डलाई हानी हुने काम गरेमा छानबिन उपसमिती गठन गरी कार्यकारी प्रमुखलाई पदबाट हटाउने व्यवस्था छ । त्यही व्यवस्था टेकेर मन्त्रालयले उपसमिति बनाएको थियो ।

कर्मचारीमाथि झोलाले प्रहार

उपसमितिले कार्यकारी प्रमुख रेग्मीमाथि केही आरोपहरु पुष्टि भएको निष्कर्ष निकालेको छ । बेलायतमा भएको एक कार्यक्रममा सहभागी भई नेपाल फर्किएका उनले २० कार्तिक २०७८ मा त्रिुभवन विमानस्थल भन्सार कक्षमा भन्सार कार्यालयका नासु सुमन थापामाथि दुव्र्यबहार गरेका थिए । उनले आफैंले बोकेको झोलाले नासुमाथि प्रहार गरेका थिए । उनले भन्सारका नासु थापासँग बादविवाद गरे र पछि झोलाले थापामाथि प्रहार गरे ।

रेग्मीले दुई बोतल चिभास रिगल ९मदिरा० ल्याएका थिए । भन्सार कार्यालयले त्यो मदिरा अवैध भनी प्रश्न उठाएपछि रेग्मी आक्रोशित भएका थिए ।

त्यसपछि भन्सारले मदिरा जफत गर्‍यो । भन्सारका कर्मचारीको काममा जानीजानी अवरोध पुर्‍याएको आरोपमा कारवाही अघि बढाउने प्रक्रिया शुरु भएपछि रेग्मीले आफ्नो पासपोर्टको फोटोकपी पेश गरी त्यसमा ‘मैले भन्सार कर्मचारीलाई गरेको व्यवहार आवेशबाट हुन गएकोले आज उप्रान्त यस प्रकारको व्यवहार हुने छैन भन्ने प्रतिबद्धता गर्दछु’ भनी लिखित प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘विदेशी मदिरा भन्सार छली गरी अवैध रुपमा भित्र्याउने प्रयत्न गरेका बखत ड्युटीमा रहेका भन्सारका कर्मचारीसँग निज रेग्मीले गरेको व्यवहार सहनयोग्य देखिंदैन’ प्रतिवेदनमा भनिएको छ, ‘कार्यकारी प्रमुखजस्तो सार्वजनिक पदमा कार्यरत व्यक्तिले प्रदर्शन गरेको त्यस्तो आचरणले नेपालको पर्यटन व्यवसायलाई प्रभावकारी रुपमा विकास र प्रवर्द्धन गर्न सक्ने विश्वास गर्न सक्ने देखिंदैन ।’

भन्सार कार्यालयले यतिमा मात्रै चित्त बुझाएन । भन्सार ऐन २०६४ को दफा ५८ को प्रयोग गर्‍यो । उक्त दफामा ‘कुनै व्यक्तिले भन्सार अधिकृत वा भन्सार कार्यालयको कर्मचारीलाई यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमले दिएको अधिकार प्रयोग गर्न जानाजानी बाधा अवरोध पुयाएमा भन्सार अधिकृतले त्यस्तो व्यक्ति सरकारी कर्मचारी भएमा पाँच हजार रुपैयाँ सम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

माफी मागेकाले आर्थिक दण्ड मात्रै गर्ने निर्णय गरी भन्सार कार्यालयले रेग्मीसँग पाँच हजार रुपैंया जरिवाना असुल्यो ।

जाँचबुझ उपसमितिले यो घटनालाई गम्भिर मानेको छ । ‘ड्युटीमा रहेका भन्सार कर्मचारी उपर भएको व्यवहार सामान्य व्यक्तिले गर्दा समेत सहृय नहुने किसिमको, गम्भीर प्रकृतिको, अनपेक्षित एवं अशोभनीय देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘९रेग्मीको क्रियाकलापबाट० नेपाल पर्यटन बोर्डको हित तथा छविमा प्रत्यक्षतः गम्भीर आघात पुगेको स्पप्ट रुपमा देखिन्छ ।’

रेग्मीले बोर्डका कर्मचारीहरुप्रति मानविय र पदीय आचरणको अनुकूल काम नगरेको प्रतिवेदनमा निष्कर्ष छ । प्रादेशिक सम्पर्क कार्यालय र सूचना केन्द्र स्थापना, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, कर्मचारीहरुको नियमितततालगायतका विषयमा कार्यकारी प्रमुख रेग्मीले गरेका कामकारवाही कानूनसम्मत नभएको अध्ययन उपसमितीको निष्कर्ष छ । भौगोलिक सूचना प्रणाली(जीआईएस० परियोजना सञ्चालनका क्रममा समेत सम्भाव्यता अध्ययन, लागत(लाभ विश्लेषण लगायतका पक्ष नहेरी काम अघि बढाएर बोर्डलाई नोक्सान पुर्‍याएको आरोप उनीमाथि छ ।

सुन चोरी पैठारी

छानबिन उप(समिति गठन भएपछि कार्यकारी प्रमुख रेग्मीले सुन चोरी पैठारी गरेको भनी उजुरी परेको थियो । छानबिन गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २२ भदौं २०७७ मा रेग्मीमाथि सुन चोरी पैठारी गरेको आरोपमा जरिवानाको निर्णय गरेको भेटियो । विवरण अनुसार, ७ पुस २०७४ मा भन्सार कार्यालयले गर्ने चेकजाँचमा रेग्मीले हृयाण्ड क्यारीको झोलामा बिस्कुट आकारका तीनवटा सुनका टुक्रा बोकेको भेटियो ।

जोख्ने क्रममा त्यो सुन ३० ग्रामको रहेछ । भन्सार कार्यालयले उनीमाथि एक लाख ४० हजार रुपैंया धरौटी माग्यो । तर पछि उनी सुन लिन गएनन् र तारिख गुजारे । भन्सार कार्यालयले २१ भदौ २०७७ मा बिगो अनुसार एक लाख ४० हजार रुपैयाँ जरिवाना समेत गर्‍यो । ‘आफू उपर लागेको अभियोग र आफूलाई सजाय भएको कुरा समेत निजले बोर्डलाई जानकारी गराएको नदेखिनुका साथै’ प्रतिवेदनमा भनिएको छ, ‘रेग्मीले यसरी गैर कानूनी तवरले भन्सार छली चोरी पैठारी गरेको ठहर भई सुन जफत र जरिवाना समेत भएको अवस्थामा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखको कानूनी र आचरणमाथि गम्भीर प्रश्न चिन्ह सृजना भएको छ ।’

अनियमिततामा पनि संलग्न 

पर्यटन बोर्डमा भएका निर्माण र खरिदका क्रममा टुक्रे योजना बनाई खर्च देखाएको भन्दै उपसमितिले रेग्मीका कतिपय कामकारबाहीले सरकारी हानी नोक्सानी हुने काम गरेको औंल्याएको छ । बोर्डलाई हानी नोक्सानी हुनेगरी दण्डनीय काम गरेको भन्दै छानबिन उपसमितिले यो विषय अख्तियार पठाउन सिफारिस गरेको हो ।

त्यसैगरी प्रमाण र पुष्टि नहुने खर्च देखाएको आरोप समेत उनीमाथि छ । कार्यकारी प्रमुखको कार्यकक्ष बनाउन टुक्रे योजना र खरिदको काम भएको उपसमितीको निष्कर्ष छ । ठेक्काअघि नै काम शुरु भएको देखिएको भन्दै त्यसमा मिलेमतो भएको अध्ययन उपसमितिको निष्कर्ष छ । कतिपय कागजातको मिति समेत नमिलेको भन्दै उपसमितिले त्यसलाई ‘गलत लिखत कागजात तयार गरी मिलेमतोमा सरकारी हानीनोक्सानी भएको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।

रेग्मीले बैठक र छलफल कार्यक्रमको नाममा होटल, रिसोर्ट र रेष्टुरेष्टका बिल पेश गरेको भेटिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । तर त्यसको पुष्टि हुने अरु कागजात नभएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘प्रयोजन पुष्टि हुने प्रमाण विना कार्यकारी प्रमुखको तोक आदेशबाट विभिन्न होटल तथा रेष्टुरेन्टमा भएको खर्चलाई कार्यालय प्रयोजनको खर्च मान्न सक्ने नभई बोर्डको स्रोतको दुरुपयोग गरेको देखियो ।’

रेग्मीमाथि छानबिन गर्न २ पुस २०७८ मा नेपाल पर्यटन बोर्डको कार्यकारी समितिले उपाध्यक्ष चन्द्र प्रसाद रिजालको संयोजकत्वमा उपसमिति बनाएको थियो । उपसमितिमा बोर्डका सदस्य ङावा ङिमा शेर्पा, पर्यटन मन्त्रालयका सहसचिव होम प्रसाद लुईटेल सदस्य थिए ।

 


प्रकाशित : २०७८ माघ २३, आईतवार ७:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech