एसईई वैशाख ९ गतेदेखि हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ माघ २६, काठमाण्डौ
माध्यमिक शिक्षा परीक्षा ९एसईई० वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।

 


प्रकाशित : २०७८ माघ २६, बुधबार १८:३५