ताजा अपडेट

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

आजदेखि शहीद सप्ताह शुरु

मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देउवाका विकल्प: गठबन्धन वा एमसीसी

लुम्बिनी दर्पण २०७८ माघ २९, शनिबार १०:४२
[sharethis-inline-buttons]

 यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ।

गत आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि दौडधुपको गति बढेको हो ।

एमसीसीको अध्यक्ष अमेरिकी विदेशमन्त्री रहने गर्छन् । वहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त रुपमा कूटनीतिक मर्यादा विपरीत अर्को देशको विदेशमन्त्रीलाई सम्बोधन गरी लेखेको पत्र बाहिरिएपछि निकै आलोचना पनि भयो ।

आलोचना यसकारण झन् बढी भयो किनभने प्रचण्डले उक्त पत्र नपठाएको दाबी गर्दै आएका थिए । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले नै उक्त पत्र सार्वजनिक गरेपछि प्रचण्डलाई राजनीतिक र कूटनीतिक रुपमा अप्ठेरो अवस्थामा पुर्यायो ।

पत्रमा देउवा र प्रचण्डले एमसीसी संसदबाट अनुमोदन गर्न थप समय उपलब्ध गराउन अनुरोध गरेका थिए । त्यति मात्र होइन उनीहरुले २०२२ फ्रेब्रुअरी २९ भित्र एमसीसीलाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता पत्रमा गरेका थिए ।

एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच दूरी बढीरहेको बेला देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । यसले सत्तारुढ दलहरुबीच झन् दुरी बढाइदियो ।

‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्विकार गरिने छैन,’ पत्र सार्वजनिक भए लगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेको यो ट्वीटले सत्तारुढ गठबन्धनबीच एमसीसीले दुरी बढाएको पुष्टी गर्छ ।

यसको केही दिनअघि मात्र केही मिडियाले प्रधानमन्त्री ‘देउवाले एमसीसी संसदबाट अनुमोदन नभए गठबन्धन तोडिने’ जनाएको भन्दै समाचार सामाग्री प्रस्तुत गरेका थिए ।

‘कुनै भ्रममा नपरौं, प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,’ माओवादी नेता श्रेष्ठले उतिखेरै खण्डन गरेका थिए, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

अहिले, सक्तारुढ दलहरुमध्ये सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्नुपर्ने अडानमा छ । माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरु दुई कित्तामा बाँडीरहेका बेला देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्रले एमसीसीलाई लिएर प्रचण्डले खेल्दै आएको दोहोरो चरित्र उदाङ्गियो ।

प्रधानमन्त्री देउवाले यसअघि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमसीसीका विषयमा छलफल गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले सरकारले संसदमा एमसीसी टेवल गरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन् ।

यसैबीचमा यही माघ २३ गते आइतबार देउवा र प्रचण्डको पत्र सार्वजनिक भएपछि शीर्ष दलका नेताहरुको दौडधुप बढेको छ । देउवाले एमसीसी अनुमोदन गर्न माओवादी लगायतका दलले सहयोग नगरे गठबन्धन भत्काएर पनि अघि बढ्ने संकेत गरिसकेका छन् । उनकै पार्टीका नेताहरुले देउवालाई यस्तो गर्न दबाब दिइरहेका छन् ।

पत्र सार्वजनिक भएकै दिन माघ २३ गते देउवाले बालुवाटारमा ओली र प्रचण्डलाई बोलाई छलफल गरेका थिए । छलफलमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने धारणा राखेका थिए भने ओलीले सरकारको औपचारिक धारणा सार्वजनिक भएपछि एमालेले आफ्नो धारणा राख्ने बताएका थिए ।

देउवा गठबन्धन तोडेर भनेपनि एमसीसी अघि बढाउने मुडमा रहेको बुझेपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला माघ २५ गते एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

गठबन्धन तोडेर अघि बढ्न देउवालाई सल्लाह दिंदै आएका कोइरालाले ओली एमसीसीको वहानमा कांग्रेस भित्र खेल्न खोजेका हुन वा होइनन् भन्ने बुझ्न चाहेका थिए । स्रोतका अनुसार भेटमा ओलीले एमसीसीको वहानमा कांग्रेसभित्र आफूले खेल्न नचाहेको स्पष्ट पारेका थिए ।

एमसीसीलाई लिएर बुधबार अर्थात् माघ २६ गते प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्तामा उनीहरुले एमसीसी मुद्दामा साझा धारणा बनाएका थिए ।

साझा धारणा बनाएर प्रचण्ड र नेपालले बिहीबार बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा अर्थात संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने अडान राखेका थिए ।

यसैबीचमा माघ २६ गते राखिएको प्रतिनिधिसभाको बैठक एक साता पर सारिएको थियो । देउवा संसदमा एमसीसी टेवल गर्ने पक्षमा थिए । सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसी मुद्दामा आफ्नो पूर्व दल माओवादीलाई साथ दिंदै आएका छन् जसले गर्दा उनको आलोचना पनि भइरहेको छ ।

सापकोटाको भूमिकालाई लिएर एमाले मात्र होइन पछिल्ला दिनहरुमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेता पनि असन्तुष्ट बनेका छन् । कांग्रेसका नेताहरुले सभामुख सापकोटालाई हटाएर भएपनि एमसीसी अघि बढाउनुपर्ने दबाब सरकारलाई दिइरहेका छन् ।

बिहीबार नै प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई भेटिपछि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा एमसीसी र गठबन्धनका विषयमा छलफल भएको थियो । बैठकमा डा. रामशरण महतले एमसीसी असाध्यै राम्रो भएको भन्दै ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफूलाई बोलेको कुरा लेखेर दिन महतसँग आग्रह गरेका थिए ।

‘बैठकमा एसीसी अनुमोदन गर्न गठबन्धन तोड्नु परे पनि तोडेर अघि बढ्नु पर्ने कुरा उठेको छ,’ कांग्रेस नेता डा. शशांक कोइरालाले भने ।

पछिल्ला घटनाक्रमले देउवा तत्काल संसदबाट एमसीसी अनुमोदन गर्नुपर्ने कुरामा प्रष्ट रहेको देखाएको छ । यसको लागि गठबन्धन तोडेर पनि अघि बढ्न उनले चाहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी भने गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु हालकै अवस्थामा एमसीसी अनुमोदन गर्ने पक्षमा पनि छैनन् ।

यी सबै घटनाक्रमले एमालेलाई निर्णायक बनाएको छ । देउवाले गठबन्धन तोडेर अघि बढ्न चाहे एमालेको विश्वास जित्न आवश्यक छ । गठबन्धन जोगाउने हो भने माओवादी, एकीकृत समाजवादी लगायतका दलको साथ लिई एमसीसी सम्झौता संशोधन गर्नुपर्ने देखिन्छ । तर यो त्यति सहज हुनेछैन किनकी उनले अमेरिकालाई एमसीसी पास गर्ने भनि आफैले दिएको मिति नजिकिदै छ । फेब्रुअरी महिना भित्र एमसीसी पास गरिसक्नु पर्नेछ ।


प्रकाशित : २०७८ माघ २९, शनिबार १०:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
प्रतिक्रिया

यो पनि पढौँ

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

भर्खरै

  • प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

  • आजदेखि शहीद सप्ताह शुरु

  • मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

  • कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

  • छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

  • उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

  • आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech