हतियार सहित २ जना बाणगंगाबाट पक्राउ

[sharethis-inline-buttons]

लुदस, जितपुर

कपिलवस्तुको बाणगंगा २ मा रहेको मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराको टोलीले सुचनाका आधारमा सितगंगा १४ का विरबहादुर सोमै र सोही ठाउँका खेमु मगरलाई २ थान भरुवा बन्दुक सहित पक्राउ गरिएको र हात हतियार तथा खरखजाना सम्बन्धी मुद्धा दर्ता गरिको प्रहरी निरिक्षक दिनेश ले जानकारी दिएका छन् । पक्राउ गरेकाहरु शिकारका लागि वनमा गएको बताईएको छ ।

यस अगाडी इलाका प्रहरीका कार्यालय पिपराको टोलीले बाणगंगाको मोर्मीबाट ४ वटा भरुवा बन्दुक सहित फेला पारेको थियो । त्यस्तै बाणगंगा ७ धैरेनीडाँडाबाट पनी २ वटा भरुवा बन्दुक बेवारिसे अवस्थामा बरामत गरेको थियो । जहदीबाट यु एस ए लेखिएको अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली सहित १ व्यक्ति लाई पक्राउ गरि मुद्दा चलाएको प्रहरी निरिक्षक गुरुङ्ग ले जानकारी दिए ।


प्रकाशित : २०७८ माघ २९, शनिबार १६:०४