काठमाण्डौ
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदबाट अनुमोदन गराउने सम्बन्धमा नेपाली कांग्रेस एक्लिएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका अन्य चार दलले समेत एमसीसी अनुमोदन गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई साथ नदिने भएका छन् ।
गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस एक्लीएको हो ।
काग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदनको लागि संसदमा टेवल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अनुमति दिएको थियो ।
सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।
सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन ।
माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका भातृ संगठनले त पछिल्ला दिन दिनहुँ एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएका छन् ।
जसपा भित्र अध्यक्ष उपेन्द्र यादव पक्ष एमसीसीको विरोधमा छ भने बाबुराम भट्टराई पक्ष अहिलेकै अवस्थामा ढिला नगरी अनुमोदन गर्नुपर्छ भन्नेमा छन् ।
‘गठबन्धनमा सहमति नभए अर्को प्रक्रिया सुरु हुन्छ । अर्को प्रक्रियाका बारेमा कांग्रेसले आवश्यक निणर्य लिनेछ,’ नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले भने ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ ।
प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको मजदुर किसान पार्टीले सुरु देखि नै एमसीसीको विरोध गर्दै आएको छ ।
सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मात्र एउटा यस्तो दल हो जसले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निणर्य गरेको छ ।
‘एमसीसी अनुमोदन गर्ने निणर्य हाम्रो पार्टीले गरेको छ । हामी एमसीसीको पक्षमा छौं,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कणर्ले भने । यता गठबन्धन बाट एक्लिएको काग्रेस नेकपा एमालेसँग सत्ता साझेदार गरेरै भएपनी एमसीसी पास गराउने दाउमा छ । एमसीसीका कारण सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी परियोजना संसद्मा टेबल गर्ने र पास गराउने निणर्यमा पुगेका छन् ।
कांग्रेस उच्च स्रोतका अनुसार अब देउवा गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई साथै लिएर एमसीसी परियोजना पास गराउने गृहकार्यबाट पछि हट्न थालेका छन् । उनले रणनीति परिवर्तन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग मिलेर परियोजना पास गराउने तयारी गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले बुधबारको संसद् बैठकमै एमसीसी टेबल गर्ने तयारी गरेका थिए । यो विषयमा गठबन्धनमा रहेका मुख्य दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि सहमति जुटेको थियो । सहमति बमोजिम देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सहमत भएका थिए ।
बुधबारको बैठकमा एमसीसी टेबल गरे गठबन्धन तोड्ने र सरकार छोड्ने माओवादी केन्द्रको संसदीय दलले निणर्य गरेपछि संसद् बैठकमा एमसीसी टेबल हुन सकेन । बुधबार संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुबाटारमा बैठक भयो र गठबन्धनमा आवद्ध सबै दलहरूबीच अन्तिम तथा निणर्ायक छलफल गर्ने सहमति भयो । जसका कारण देउवाको चाहना अनुरुप एमसीसी टेबल हुन सकेन ।
“आफूलाई सत्ता दिलाएको प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराउनु हाम्रो रहर थिएन । उनीहरु (प्रचण्ड र नेपाल) को कारण हामीले त्यो निणर्य पनि गर्यौँ । अन्तिममा हामीलाई धोका भयो,” पार्टी केन्द्रीय सदस्यसमेत रहेका एक सांसदले बाह्रखरीसँग भने ।
न्यिदब िदबलप
ती सांसदका अनुसार अब प्रधानमन्त्री देउवा गठबन्धनको भारी बिसाएर नयाँ गठबन्धन बनाउने मनसायमा पुगेका छन् ।
मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा आफूहरूले काम गर्न नदिने गठबन्धन गरेर पार्टीलाई फाइदा नहुँने भएकाले अघि बढाउनुको औचित्य नभएको सल्लाह देउवालाई दिएको उनले जानकारी दिए ।
जवाफमा देउवाले के भने त भन्ने बाह्रखरीको प्रश्नमा उनले सभापति गठबन्धनको भारी बिसाउने तरखरमा रहेको आफूहरुले पाएको उनको दाबी छ ।
“सभापतिले केही दिन पर्खन्छु भन्नुभयो, हामीले चाडोँ निणर्य गर्नुपर्छ भन्यौँ,” उनले भने ।
त्यसो भए अब एमालेसँग गठबन्धन भएर सरकार बन्छ त भन्ने प्रश्नमा ती सांसदले अन्य विकल्प लगभग समाप्त भएको तर्क गरे ।
यता, पार्टीका एक पदाधिकारीले पनि एमसीसी पास गराउन कांग्रेसले जुनसुकै उपाय अबलम्वन गर्ने बताए ।
“अब सधैं गठबन्धन भनेर बस्न जरुरी छैन, संसदबाट जसरी पनि एमसीसी अघि बढ्छ । विकल्पहरूमा सभापतिको ध्यान गएको छ,” ति पदाधिकारीले भने ।
ति पदाधिकारीका अनुसार अब एमालेसँग मिलेर एमसीसी अघि बढाउने निणर्यमा कांग्रेस पुगेको छ ।
“आज कांग्रेस र एमाले मात्र सडकमा थिएन । बाँकी सबै विरोध गर्दै सडकमा निस्किए । यसको अर्थ अब गठबन्धन कता जान्छ अनुमान गर्न गाह्रो छैन,” उनले भने ।
माओवादी संसदीय दलको बैठकले गठबन्धन छाड्ने चेतावनी दिएपछि २ दिन पर्ख र हेरको अवस्थामा देउवा पुगेका छन् ।
फागुन ६ गते बस्ने संसद् बैठकमा जुनसुकै हालतमा एमसीसी टेबल गर्ने कानुनमन्त्री दिलेन्द्र बडूले जानकारी दिएका छन् ।
बाधक सभामुख, बिहीबार अन्तिम अवसर !
यता, एमसीसीको विषयमा छलफल गर्न बिहीबार गठबन्धन दलहरुको बैठक बस्दैछ । तर, त्यो बैठकले पनि नतिजा नदिने कांग्रेसको बुझाइ छ ।
“भोलिको बैठकमा हामीले एमसीसीको विषयमा बुझाउन सक्छौँ भन्ने हामीलाई छैन, त्यो बैठकको औचित्य पनि छैन,” ति पदाधिकारीले भने,“अब गठबन्धन भनेर कुर्ने समय छैन । यो गठबन्धन मात्र सबै कुरा होइन । त्यसकारण ढुक्क हुनुहोस् एमसीसी टेबल हुन्छ । सरकारमा पनि रहने र सडकमा पनि निस्कन मिल्दैन ।”
कांग्रेसका अर्का सांसद माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनमा बस्ने कि छाडेर जाने भन्ने अन्तिम निणर्य गर्ने अवसरस्वरुप बिहीबारलाई गठबन्धनको बैठक डाकिएको बताउँछन् । सो समयसीमा पनि दाहाल र नेपालले मागेको उनी बताउँछन् ।
तर,कांग्रेसले यसलाई अल्मल्याउने नीतिको रुपमा मात्र हेरेको छ । ति नेता एकदिन समय माग्दा दुर्घटना टर्छ भने किन नदिँने भनेर समय उपलव्ध गराइएको बताउँछन् ।
कांग्रेसको बुझाइमा एमसीसी परियोजनाको बाधक सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जर्नादन शर्मा हुन् ।
प्रचण्डले सोमबारको बैठकमा पास गराउने संकेत दिनुभएको थियो । तर, उहाँकै पार्टीबाट सभामुख बनेका अग्नि सापकोटा र अर्थमन्त्री जर्नादन शर्मा बाधक बन्नुभयो,” उनले भने, “सभामुख आज बिहानबाट अकस्मात युटर्न हुनुभयो र कार्यव्यवस्था समितिमा सर्वसम्मत नभएकाले पेश गर्न नसकिने भन्नुभयो । यो कार्यव्यवस्थामा राख्ने विषय होइन सरकारले ल्यायो सभामुखले संसद्मा बाधक बन्न नहुने विषय हो । उहाँले बहानामा कार्यव्यवस्था समितिलाई रोज्नुभयो ।”
अब कांग्रेसले के गर्छ त भन्ने बाह्रखरीको प्रश्नमा उनले एक दिन विकल्पको बारेमा सोच्न उनीहरूलाई समय दिइएको बताए ।
उनले एमसीसीका पक्षधरहरूबीच अनौपचारिक संवादहरू अघि बढिसकेको पनि बताए ।
“भोलिको गठबन्धनले के नतिजा दिन्छ हेरौँ । हामीलाई आश त छैन,” उनले भने,“गठबन्धनमा कुरा मिलेन भने प्रतिपक्षी दलसँग भोलि नै कुरा मिल्न सक्छ ।”
बालुबाटार निकट ती सांसदका अनुसार प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा कुरा राखिसकेका छन् ।
एमालेले गठबन्धनभित्र कुरा मिले मिलाएर, नमिले पनि त्यसै अनुरुप आउनुहोस् । अनि सहकार्यको विषयमा छलफल गरौँला भनेको छ,” उनले भने ।
अहिलेको बाधक भनेको परियोजना टेबल गर्न नचाहने अर्थमन्त्री र टेबल गर्न नदिने सभामुख भएकाले विकल्प खोज्न ढिला भइसकेको कांग्रेसभित्र बुझाई छ ।






















