ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनेरास्ववियु कपिलवस्तुको जिल्ला सम्मेलन फागुन २१ गते हुने, जिम्मेवारी समेत बाँडफाँड

Lumbini Darpan 2 २०७८ फाल्गुन १३, शुक्रबार २१:२४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कपिलवस्तुको सचिवालय बैठक सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न सचिवालय बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकले यहि फागुन २१ गते सिद्धार्थ क्याम्पसको सभाहलमा जिल्ला सम्मेलन गर्ने निर्णय गर्नुका साथै जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

जिल्ला सम्मेलनका लागि अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलको संयोजकत्वमा आर्थिक उप समिति, सह–संयोजक अन्जित खनालको संयोजकत्वमा विद्यार्थी परिचालन उप समिति, सन्दिप आचार्यको संयोजकत्वमा मन्च ब्यबस्थापन समिति, डेबिड भण्डारीको संयोजकत्वमा आवास तथा खाद्य ब्यबस्थापन उप समिति, दिपा गैरेको संयोजकत्वमा अतिथि सत्कार उप समिति, घनश्याम भरको संयोजकत्वमा प्रचार प्रसार उप समिति र संयोजक दयाराम पौडेलको संयोजकत्वमा प्रतिवेदन उप समिति निर्माण गरिएको छ । सचिवालय बैठका विभिन्न पालिका कमिटि र क्याम्पस कमिटिको समग्र अवस्थाको बारेमा रिर्पोटिङ गरिएको थियो ।

बैठकमा अनेरास्ववियु कपिलवस्तुका ईन्चार्ज लेखनाथ खनालले विभिन्न उप समिति तथा सम्पुर्णले आ आफ्ना जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न निर्देशन दिनुभयो । बैठकका प्रमुख अतिथि संगठनका केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका खनालले अनेरास्ववियु देशकै सबैभन्दा ठुलो बिद्यार्थी संगठन भएकाले पार्टीलाई मजबुत र बलियो बनाउन अहम भुमिका रहने बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी जिल्ला सहईन्चार्ज बिकास आचार्यले पार्टीका नेता उत्पादन गर्ने थलो भनेको अनेरास्ववियु भएकाले संगठनलाई मजबुत र बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । सचिवालय बैठकका विशिष्ठ अतिथि आचार्यले जिल्लाका सबै क्याम्पसका स्ववियु निर्वाचन अनेरास्ववियुले जित्नका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । बुद्धभूमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहनुभएका आचार्यले अनेरास्ववियुबाट विद्यार्थी नेता मात्र नभई जनताको सेवा गर्ने जनप्रतिनिधि पनि बन्न सकिने बताउनुभयो । आचार्यले पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि विद्यार्थी संगठनको अहम भुमिका रहेको बताउदै अनुशासन पुर्वक संगठनका गतिविधि अगाडि बढाउन आग्रह गर्नुभयो ।


अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलले जिल्ला सम्मेलन भब्य र सभ्य रुपमा सफल पार्नका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्न सचिवालय सदस्यहरुलाई निर्देशन दिनुभयो । जिल्ला संयोजक पौडेलले बैठका उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिलाई धन्यवाद दिंदै बैठमा गरेका निर्णयहरु अक्षरांश पालना गर्ने दृढता व्यक्त गर्नुभयो ।

सचिवालय बैठकमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला कमिटि सदस्य तथा संगठनका केन्द्रिय सदस्य बाबुराम अर्यालको विशिष्ठ आतिथ्यता, केन्द्रिय सदस्य ईन्दिरा पौडेल, पुर्व केन्द्रिय सदस्य केशव खनालको आतिथ्यता रहेको थियो ।

जिल्ला संयोजक दयाराम पौडेलको अध्यक्षता, सह संयोजक अन्जित खनालको सञ्चालनमा सम्पन्न बैठकमा अनेरास्ववियु बाणगंगा नगर कमिटि अध्यक्ष सन्दिप न्यौपाने, बुद्धभूमि नगर कमिटि अध्यक्ष पारस मरासिनी, क्याम्पस कमिटिका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार २१:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech