अनेरास्ववियु कपिलवस्तुको जिल्ला सम्मेलन फागुन २१ गते हुने, जिम्मेवारी समेत बाँडफाँड

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कपिलवस्तुको सचिवालय बैठक सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न सचिवालय बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकले यहि फागुन २१ गते सिद्धार्थ क्याम्पसको सभाहलमा जिल्ला सम्मेलन गर्ने निर्णय गर्नुका साथै जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

जिल्ला सम्मेलनका लागि अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलको संयोजकत्वमा आर्थिक उप समिति, सह–संयोजक अन्जित खनालको संयोजकत्वमा विद्यार्थी परिचालन उप समिति, सन्दिप आचार्यको संयोजकत्वमा मन्च ब्यबस्थापन समिति, डेबिड भण्डारीको संयोजकत्वमा आवास तथा खाद्य ब्यबस्थापन उप समिति, दिपा गैरेको संयोजकत्वमा अतिथि सत्कार उप समिति, घनश्याम भरको संयोजकत्वमा प्रचार प्रसार उप समिति र संयोजक दयाराम पौडेलको संयोजकत्वमा प्रतिवेदन उप समिति निर्माण गरिएको छ । सचिवालय बैठका विभिन्न पालिका कमिटि र क्याम्पस कमिटिको समग्र अवस्थाको बारेमा रिर्पोटिङ गरिएको थियो ।

बैठकमा अनेरास्ववियु कपिलवस्तुका ईन्चार्ज लेखनाथ खनालले विभिन्न उप समिति तथा सम्पुर्णले आ आफ्ना जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न निर्देशन दिनुभयो । बैठकका प्रमुख अतिथि संगठनका केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका खनालले अनेरास्ववियु देशकै सबैभन्दा ठुलो बिद्यार्थी संगठन भएकाले पार्टीलाई मजबुत र बलियो बनाउन अहम भुमिका रहने बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी जिल्ला सहईन्चार्ज बिकास आचार्यले पार्टीका नेता उत्पादन गर्ने थलो भनेको अनेरास्ववियु भएकाले संगठनलाई मजबुत र बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । सचिवालय बैठकका विशिष्ठ अतिथि आचार्यले जिल्लाका सबै क्याम्पसका स्ववियु निर्वाचन अनेरास्ववियुले जित्नका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । बुद्धभूमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहनुभएका आचार्यले अनेरास्ववियुबाट विद्यार्थी नेता मात्र नभई जनताको सेवा गर्ने जनप्रतिनिधि पनि बन्न सकिने बताउनुभयो । आचार्यले पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि विद्यार्थी संगठनको अहम भुमिका रहेको बताउदै अनुशासन पुर्वक संगठनका गतिविधि अगाडि बढाउन आग्रह गर्नुभयो ।


अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलले जिल्ला सम्मेलन भब्य र सभ्य रुपमा सफल पार्नका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्न सचिवालय सदस्यहरुलाई निर्देशन दिनुभयो । जिल्ला संयोजक पौडेलले बैठका उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिलाई धन्यवाद दिंदै बैठमा गरेका निर्णयहरु अक्षरांश पालना गर्ने दृढता व्यक्त गर्नुभयो ।

सचिवालय बैठकमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला कमिटि सदस्य तथा संगठनका केन्द्रिय सदस्य बाबुराम अर्यालको विशिष्ठ आतिथ्यता, केन्द्रिय सदस्य ईन्दिरा पौडेल, पुर्व केन्द्रिय सदस्य केशव खनालको आतिथ्यता रहेको थियो ।

जिल्ला संयोजक दयाराम पौडेलको अध्यक्षता, सह संयोजक अन्जित खनालको सञ्चालनमा सम्पन्न बैठकमा अनेरास्ववियु बाणगंगा नगर कमिटि अध्यक्ष सन्दिप न्यौपाने, बुद्धभूमि नगर कमिटि अध्यक्ष पारस मरासिनी, क्याम्पस कमिटिका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार २१:२४