लुदस, गोरुसिंगे
कपिलवस्तु , कपिलवस्तुको गोर सिङ्गे मा आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा ने क पा विप्लव , नेकपा मसाल,राष्ट्रिय जनमोर्चा, ने क पा क्रान्तिकारी माओवादी वैध संबद्ध महिला हरुले सयुक्त रुपमा राष्ट्रघाती एम सी सी सम्झौता विरुद्ध प्रदर्शन गरेका छन्, । देश व्यापी संयुक्त कार्यक्रम अन्तर्गत यो विरोध कार्यक्रम आयोजना गरिएको हो ।
संसारका महिला हरू एक हौ । महिला हिंसा बन्द गर । राष्ट्रघाती एम सी सी सम्झौता खारेज गर भन्दै महिलाहरुको जुलुसले गोरुसिंगे बजार परिक्रमा गरी सभा मा परिणत भएको थियो ।
दिलमाया घर्ती मगर को अध्यक्षता मा सम्पन्न भएको सभालाई राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमला पौडेल, ने क पा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य ममता, ले सम्बोधन गर्नु भएको थियो । उहाँ हरुले सम्पूणर् महिलाहरू ले आज घरको चुलो चौको मात्र नहेरेर देशको लागि पनि जुट्नु पर्ने बेला आएको बताए । साम्राज्यवादी शक्ति हरू संसदबाट कानुनी रूपले नै एम सी सी प्रवेश गरेका ले समयमै सजक नभए देश अब गुलाम हुने बताउँदै एमसीसी विरुद्ध संघर्ष मा जुट्न सबैलाई अनुरोध समेत गरेका छन्, ।
सभा मा ने क पा का जिल्ला सेक्रेटरी कमल के सी, ने क पा मसाल का जिल्ला प्रवक्ता छबिलाल गैरे, राष्ट्रिय जनमोर्चा प्रदेश समिति सदस्य मिना पोख्रेल, जनसांस्कृतिक महासङ्घ की सुष्मा विक, विज्ञान केसी ले पनि मन्तव्य राख्दै ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा शुभ कामना व्यक्त गर्दै आफ्नो हक हित , अधिकार ,न्याय को लागि संघर्ष गर्दै आएका महिलाहरुलाई राष्ट्रघाती एम सी सी सम्झौता विरुद्ध एक हुन आह्वान गर्नु भएको थियो ।
कार्यक्रम को सञ्चालन रिता पाण्डे ले र स्वागत तिरु केसी ले गर्नु भएको थियो ।




















