लुदस, कपिलवस्तु
कपिलवस्तु स्थित मानव अधिकार तथा शान्ति समाज २४औँ राष्ट्रिय परिषद् (राष्ट्रिय सम्मेलन) यहि फाल्गुण शुक्रवार र सनिवार हुने भएको छ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय परिषद्का लागि कपिलवस्तु घोषणा पत्र जारी गर्दै बाणगंगाको जितपुर स्थित श्रीपेच होटलमा सम्मेलन को तयारी पुरा भएको जनाएको छ ।
जिल्लाको पर्यटन प्रर्वद्धन र विकासमा महत्पवूणर् भूमिका खेल्ने गरी मानव अधिकार सम्बन्धी महत्वपूणर् घोषणा पत्र जारी गरिने कपिलवस्तु सभापति गोबिन्द पोख्रेलले जानकारी दिएका छन् । स्थानीय स्तरको पर्यटन विकासमा टेवा पुर्याउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको पोख्रेलले बताए । सम्मेलनमा देशैभरीका अधिकारकर्मीहरुलाई कपिलवस्तुमा स्वागत गरिने र कपिलवस्तु जिल्लाका महत्वपूणर् साँस्कृतिक, धार्मिक र पर्यटकीय स्थलहरु तिलौराकोट, कुदान, गोटिहवा, सिसहनियाकोट, अडौराकोट, सगरहवा, निग्लिहवा, लगाएतका स्थानको भ्रमण समेत गराउने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यक्रममा सहभागी अतिथिहरुलाई स्थानीय खानाका परिकारले स्वागत समेत गर्ने आयोजकले जनाएको छ । यस्तै सोही सम्मेलन अन्र्तगत बृहत रक्तदान कार्यक्रम समेत कार्यसूचिमा रहेको छ । विश्व शान्तिको कामना सहित शान्ति दिप प्रज्वलन र शान्ति पदयात्रा प्रस्तुत समेत गरिने पोख्रेलले जानकारी दिएका छन् ।
यसैबिच समाजको २४ औँ राष्ट्रिय परिषद्का लागि गोविन्द पोख्रेलको सभापति रहने गरी कार्यक्रम आयोजक मूल तयारी समिति गठन समेत भएको छ । जसको अर्थ व्यवस्थापन उप समिति संयोजकमा देवि प्रसाद घिमिरे, खाना तथा आवास व्यवस्थापन उप समिति संयोजक बुद्धि सागर बेल्वासे, जर्नल प्रकशन उप समिति संयोजक माधव घिमिरे, शान्ती र्याली व्यवस्थापन उप समिति संयोजकमा विष्णु पन्थ चयन भएका छन। यस्तै स्वास्थ्य तथा कोभिड सचेतना उप समिति संयोजक मित्रदेव घिमिरे लगाएत रहेका छन् ।
मानव अधिकार तथा शान्ति समाजले देशभरिबाट अधिकारकर्मीहरुलाई कपिलवस्तुमा भित्राई यस क्षेत्रको पर्यटन विकासमा टेवा दिने सोच बनाएको जनाएको छ । भोली र पर्सी का लागी तय गरिएको परिषद्को तयारीबारे जानकारी दिन समितिले केहिबेर पछी ३ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।




















