बुटवल ।
पाल्पाको रैनादेवि छहरामा आगलागीमा परी एक पुरुषले ज्यान गुमाएका छन् । मँगलबार रातको करिब साढे दश बजेको समयमा आफू सुत्ने घरको कोठामा एक्कासी आगलागी भएपछि उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रैनादेवि छहजार गाउँपालिका–३ ढुकुर खोला बस्ने स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको हो । टिनको छाना भएको आफ्रनै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागिमा परेका हुन् । उनी सुत्ने कोठामा एक्कासी कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका परिवारहरु श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नालेघर) मा सुतेका थिए । घटना थाहा पाएलगत्तै उनको परिवार र छिमेकीले राती साढे १२ बजेसम्ममा आगो नियन्त्रणमा लिएका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् ।