हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. ५ मा विभिन्न टोल कमिटि गठन भएका छन् । वडा कमिटिको आयोजनामा वडाका नेकपा एमाले बाणगङ्गा नगरपालिका वडा नं ५ अन्तरर्गत कोपवा, औंरहिया र सिमलखोर टोल भेला सम्पन्न भएको छ ।
उक्त भेलाबाट रामप्यारे थारुको अध्यक्षतामा ११ सदस्यीय सिमलखोर टोल कमिटी, पदम अर्यालको अध्यक्षतामा १५ सदस्यीय कोपवा टोल कमिटी र गिरिराज न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय औंरहिया टोल कमिटी गठन गरिएको छ ।

उक्त कार्यक्रममा पार्टीका नगर अध्यक्ष युवराज पोख्रेल, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष भिष्मराज भुसाल र नगर कमिटी सचिवालाय सदस्य भरत कार्की लगायतले महत्तवपुर्ण मन्तब्य राख्दै यस देशको विकास र संमृद्धिका लागि एमालेको विकल्प नरहेको बताएका थिए ।

नव गठित टोल कमिटीका पदाधिकारीहरु लाई पार्टीका जिल्ला कमिटी सदस्य भिष्मराज भुसालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
कार्यक्रम पार्टी वडा कमिटी कार्यवाहक अध्यक्ष खडानन्द गौतमको अध्यक्षता, वडा कमिटी उप–सचिव पदम भट्टराईको स्वागत मन्तव्य तथा वडा कमिटी सचिव मधु पाण्डेको संचालनमा सम्पन्न भएको हो ।




















