हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेका सांसद तथा युवा नेता महेश बस्नेत कपिलवस्तु आउनुभएको छ । १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समापनका लागि पूर्वमन्त्री बस्नेत कपिलवस्तु आईपुग्नुभएको छ । नेकपा एमालेका सांसद तथा युवा नेता बस्नेतलाई कपिलवस्तुमा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा सम्मान गरेका छन् ।

पार्टीका जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका युवाहरुले उहाँलाई स्वागत तथा सम्मान गरेका हुन् । केहि समय पछि पुर्व मन्त्री बस्नेतले महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।




















