हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिस्ट पार्टी एमाले) बुद्धभुमि नगरपालिका वडा नं. ८ वडा कमिटिको पार्टी कार्यालय समुद्घाटन तथा बृहत -यालि सम्पन्न गरिएको छ । पार्टीका हरेक कार्यक्रम सम्पन्न गर्न र हरेक गतिविधि सञ्चालनका लागि वडा कमिटिको कार्यालय उद्घाटन गरिएको वडा कमिटिले जनाएको छ ।

कार्यक्रममा वडा कमिटि अध्यक्ष टिकाराम कोहार (थारु) को अध्यक्षता, नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारीको प्रमुख आतिथ्यता, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै पार्टीका जिल्ला नेताहरु गोकर्ण राज पोख्रेल, रुपेस श्रेष्ठ, कृष्ण पौडेल, चुरामणि, पोख्रेल, बुद्धभूमि नगर कमिटि अध्यक्ष देवि बेल्बासे लगायतको आतिथ्यता रहेको कार्यक्रममा १ सय जनाको पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा बृहत -यालि सम्पन्न गरिएको विद्यार्थी नेता हेमराज खनालले जानकारी दिनुभएको छ ।




















