लुदअ चैत १७, काठमाण्डौ
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताउनुभएको छ । उहाँले युक्रेनको घटनाबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।
आज बिहीवार रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताउनुभयो । उहाँले नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।




















