लुुदस , जितपुर
सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगमा राष्ट्रिय जनमोर्चाको तर्फबाट केन्द्रसहित विभिन्न जिल्लामा प्रतिनिधित्व भएको छ । केन्द्रीय आयोगमा सदस्यसहित राजमोले तीन जिल्ला अध्यक्ष र कतिपय जिल्लामा सदस्य पाएको छ ।
आयोगका सदस्य एवम् अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी केन्द्रीय आयोगको सदस्य नियुक्त भएका हुन् । महासंघकै सिफारिसमा सरकारले बागलुङ, प्युठान र कपिलवस्तुमा राजमो नेताहरुलाई आयोगको अध्यक्ष नियुक्त गरेको छ ।
कपिलवस्तुमा किसान महासंघको केन्द्रीय उपाध्यक्ष शिव पौडेलको नेतृत्वमा आयोगको जिल्ला समिति गठन भएको छ । पौडेलले राष्ट्रिय जनमोर्चा सर्वहारा सुकुम्बासी उत्थान र नेतृत्वको पार्टी भएको हुदाँ र आफु आयोगको अध्यक्ष भएपछी वास्तविक भुमिहिन सुकुम्बासीहरुका क्षेत्रमा जसरी भएपनी पुर्जा दिन पहल गर्ने बताए ।
उता यसअघि बागलुङमा धर्म कुँवर र प्युठानमा इमानसिंह खड्कालाई सरकारले आयोगको जिल्ला अध्यक्ष नियुक्त गरेको थियो ।
सरकारले प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कणर्ालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।
भूमि आयोगका जिल्ला अध्यक्ष तोकिएकाहरू सत्तारूढ गठबन्धनभित्र रहेका दलका जिल्लास्तरीय नेताहरू रहेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठक भूमि आयोगका अध्यक्ष तोक्ने निणर्य गरेको थियो।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्।
यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो।
विभिन्न जिल्लामा राजमो नेताहरु सदस्यमा नियुक्त भएका छन् । रुपन्देहीमा बद्रे आलम, नवलपरासीमा भागिरथ भट्टराई, अर्घाखाँचीमा सकुन्तला राना, दाङमा कमला जिसी, कञ्चनपुरमा राजकुमार चौधरी, सुनसरीमा अमृत पाण्डे, भक्तपुरमा शारदा कोजु र पर्सामा अक्षयलाल साह नियुक्त भएका हुन् । राष्ट्रिय भूमि आयोगमा राजमोको उपस्थितीले देशव्यापी वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने र लालपुर्जा दिन पहल हुने आयोगका केन्द्रीय सदस्य भैरवराज रेग्मीले बताए ।
रेग्मीले सुकुम्बासीलाई लालपुर्जा वितरण, अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने, विवादित गुठीको जग्गाको समस्या हल गर्ने लगायत काम गर्ने बताऐ ।
सरकारले गत भदौ ३० गते अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का रहेका छन् ।




















