लुदस, कोपवा
राष्ट्रिय जनमोर्चा बाणगंगा ५ को भेला आज संम्पन्न भएको छ ।
वडा नं ५ को सिंहलखोरमा संम्पन्न भेलाले आगामी निर्वाचन लक्षित गर्दै विभिन्न समिति निर्माण गरेको छ । जसमा युवराज आचार्यको संयोजकत्वमा ५ सदस्य निर्वाचन परिचालन समिति, शसिधर सापकोटाको संयोजकत्वमा ३ सदस्य आर्थिक व्यवस्थापन समिति चेतनारायण पाण्डेको संयोजकत्वमा ३९ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको हो भेलामा राष्ट्रिय जनमोर्चाका संकृय नेता कार्यक्रर्ताहरुको उपस्थिति रहेको थियो । भेलामा वडा नं ५ का सवै टोल टोलमा राजमो को सांगठनिक अवस्था , आगामी लक्ष्य र जनसम्पर्कका बारेमा खुटेनी लौरी वगियाबाट सावित्रा अधिकारी, झण्डा वैकुण्ठपुरबाट धन बहादुर चुदाली , मटेरिया मनहरापुर चेतनारायण पाण्डे, प्रतिडाडाबाट युवराज आचार्य कोपवा अर्मैयाबाट देवा आचार्य, सिमलखोर शोभा आचार्यले जानकारी गराएको बताईएको छ ।
राजमो वडा नं ५ का वडा अध्यक्ष चेतनाराण्ण पाण्डे अध्यक्षतामा संम्पन्न भेला शोभा आचार्यको स्वागत र सचिव युवराज आचार्य आचार्यको संचालनमा संम्पन्न भएको थियो ।




















