पाल्पामा अवस्थीत तिनाउँ गाउपालिका –३ मा रहेको भुतखोलामा डुबेर शुक्रबार एकजन किशोरको मृत्यू भएको छ । मृत्यू हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका –८ का १८ बर्षीय प्रसन्न पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए ।
तीन जना साथीहरुसँगै घुम्न आएका किशोर हातमुख धुने क्रममा दिउँसो ३ बजे खोलामा डुबेका थिए । तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लैजाँदा आजै अपरहन करिब ५ बजे चिकित्सकले मृत घोषण गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पचभैयाले बताए ।



















