लुदअ कपिलवस्तु, २५ चैत्र
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न. १ का वडा अध्यक्ष एमाले प्रवेश गर्नु भएको छ । नेकपा एमाले बुद्धभुमि नगर निर्वाचन सम्पर्क कार्यलयको समुद्घाटन कार्यक्रममा प्रवेश गर्नु भएको हो । वडा अध्यक्ष शिव प्रसाद वानिया र समाजसेवी गंगोत्री प्रसाद चौधरी एमाल प्रवेश गर्नु भएको एमाले नेता रामदास चौधरीले बताउनु भयो । प्रवेश गर्दै वडा अध्यक्ष वानियाले महाराजगन्ज नगरपालिकाका नगरप्रमुख कलामले पालिकालाई भ्रष्टा«चारको अखडा बनाएको बताउनु भयो ।
नगरपालिका भरी बेरुजुको चाङ रहेको छ । आफ्नो छोरालाई समेत नगरपालिकाबाट पारिश्रामीक दिएर राखेको महालेखा परिक्षकको प्रतिवेदनमा समेत आएको बताए । प्रवेश कार्यक्रममा नेता रामदास चौधरीले महाराजगन्ज नगरपालिकाबाट काँग्रेस दिन दिनै घट्दै गएको बताउनु भयो ।




















