प्रकाश गौतम
सृजर्नसिल आमा समुह तिलोत्तमा १० रुपन्देहीको आयोजनामा ३ महिने सिलाइकटाई तालीमको समापन तथा ५ दिने नेतृत्व बिकाश तालीमको उद्ध्द्धाटन भएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा १० का वडा अध्यक्ष ब्यास मुन थारुले तालीममा सीकेका कुरालाइ ब्यवाहरमा उर्तान सहभागीलाइ आग्रह गर्नु भयो । उहाले आफुले वडाको बिकाशमा निरन्तर काम गरेको चन्दै महिलाको क्षमता बिकाश र स्वरोजगारीमा समेत लगानी भएको दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै ३६ मौजा सामुदायीक सिंचाइ प्रणलीका सभापती कृष्ण पौडेलले तालीमबाट सिकेका कुरालाइ ब्यवाहारमा कार्यान्यन गर्न आग्रह गर्नु भयो । उहाले चुनाव नजिकिदै गर्दा एक ढीक्का रहेको बेवरीलाई बिभाजन गर्न खाजिएको भन्दै कसैको आस्वासनमा नर्पन आग्रह गर्नु भयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि उमानन्द घिमिरे , प्रवावती हरिजन र लक्ष्मी चौधरीले आफुहरु यो ५ बर्षको अवधिमा जनताका सेवक रहेको बताउदै अबको चुनावमा यसको समिक्षा हुने बताउनु भयो । कार्यक्रममा निरु पनेरु , प्रभा गौतम लगायतले बोल्नु भएको थियो । सस्थाका अध्यक्ष सिता पौडेलको अध्यक्षता ,सह सचिव देवि घिमिरेको स्वागत तथा सचिव अनिता बरालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
३ महिने सिलाइकटाई तालीममा प्रभा गौतम तथा कौसिल्या थारुले प्रशिक्षण दिनु भएको थियो भने नेतृत्व बिकाश तालीममा प्रकाश गौतमले प्रशिक्षण दिनु हुने छ ।



















