लुदस, कपिलवस्तु
राष्ट्रिय जनमोर्चा कपिलवस्तु शिवराज नगर पालिका वडा नं ६ को बनकटी मा राष्ट्रिय जनमोर्चा को टोल समिति गठन गरिएको छ । जसमा बेलौता विक अध्यक्ष, सरस्वती नेपाली सचिव, रमेश विक,कोषाध्यक्ष, सदस्यहरू,शकुन्तला जी सी, सिता कुँवर, राज कुमार सुनार, जलासपी सुनार,र सल्लाकार मा पदम जिसि, र मेनका विक रहनु भएको छ,
राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक केन्द्रिय सदस्य केर सिंह अदै, र जातीय समता समाज का केन्द्रिय सल्लाकार दिल बहादुर विक ले राजनीतिक र स्थानीय निर्वाचन को विषय मा प्रकाश पार्नुभएको थियो, समिति को बैठक ले चुनाव प्रचारमा लाग्ने, टोल बात दलित महिला उम्मेदारी दिने निणर्य गरेको छ।
यस्तै गरी शिवराज नगर पालिका वडा नं ढ को ज्ञण् नम्बरमा राष्ट्रिय जनमोर्चा को भेलाले टोर बहादुर जी सी को संयोजकत्व मा १५ सदस्य चुनाव प्रचारमा प्रसार समिति गठन गरेको छ । भेला मा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति अध्यक्ष, केहर सिंह पुन,र नगर सचिव तथा रक्तिम सांस्कृतिक अभियान शिवराज का अध्यक्ष बेगम बुढा मगर ले राजनीतिक परिस्थिति, र स्थानीय निर्वाचन को बारेमा प्रकाश पारेका थिए ।
यसै गरी शिवराज नगर पालिका वडा नं ३ को कन्दौली टोल र मधवा को गिद्दौरा मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन राजनीतिक परिस्थितिमा राष्ट्रिय जनमोर्चा को नीति कार्यक्रम र स्थानीय निर्वाचन को बारेमा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक, का केन्द्रिय सदस्य केर सिंह अदै, जातीय समता समाज का केन्द्रिय सल्लाकार दिल बहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेट नारायण खनाल ले प्रकाश पारेका थिए ।
, यसै गरी राष्ट्रिय जनमोर्चा शिवराज नगर पालिका वडा नं ५ को भेला चन्द्रौटा मा सम्पन्न भएको छ । भेलाले बेगम बुढा को संयोजकत्व मा २५ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।




















