पूर्वी नवलरासीको मध्यविन्दु नगरपालिका ८ मा कुलोमा एक जना पुरुष मृत फेला परेका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका ८ को ग्रिन भ्याली वोर्डिङ्ग स्कुल पछाडि रहेको पानी कुलोमा अन्दाजी २६ २७ वर्षिय एक पुरुषको लास भेटिएको हो ।
प्रहरीेले मृत व्यक्तिको हाल नाम थर वतन नखुलेको बताएको छ ।
प्रहरीले शव पोष्टमार्टमका लागि लासलाई मध्यविन्दु जिल्ला अस्पताल लगेको छ र थप अनुसन्धान कार्य भईरहेको बताएको छ ।



















