तिलोत्तामाका मेयर बासुदेव घिमिरेले आफुले प्रयोग गर्दै आएको लु १ झ ३६० नम्बरको स्कर्पियो गाडी र एसरको १ थान ल्यापटप नगरपालिकाको प्रशासन शाखामा बुझाउनुभएको छ।
आसन्न निर्बाचनमा प्रचार-प्रसार तथा कार्यक्रमहरुमा सहभागीहुनुपर्ने कारण देखाउदै मेयर घिमिरेले मंगलबार प्रशासन शाखाका अधिकृत माधव प्रसाद पोख्रेलसमक्ष पत्रसहित गाडीको साचो र ल्यापटप बुझाउनुभएको हो। कोरोना महामारीका बेला एम्बुलेन्स बनाएर समेत सेवा दिइएको सो गाडी नगरप्रमुख बासुदेव घिमिरेले एक चालक राखेर प्रयोग गर्दै आउनुभएको थियो।
नगरप्रमुख घिमिरे पुन : नगरप्रमुख भएर दोहोरिने सम्भावना देखिएको छ। नेकपा एमालेको बिस्तारित बैठकमा ४ जना मेयरका लागी प्रस्तावित नाम गएको नेकपा एमाले तिलोत्तमाका नेता सुरेन्द्र श्रीले बताउनुभयो।



















