रुपन्देहीका तिलोत्तमा १० मा रहेको सिर्जनशिल आमा समुहको भवन समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष सिता पौडेलको अध्यक्षता तथा तिलोत्तमा १०का वडा अध्यक्ष ब्यास मुनि चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा १०का वडा अध्यक्ष ब्यास मुनि चौधरीले वडामा आफु बिकाशमा अगुवाइ गरेको दाबि गर्नु भयो । उहाले आमा समुहले तालीम र बिकाशमा आफुहरुलाई धेरै सहयोग गरेको बताउनु भयो । करहिया मक्रहर खानेपानी उपभोब्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरैले आमा समुह वडाको तल्लो टोलको बिकाशको खम्बा भएको भन्दै आमा समुहले गरेको काम र प्रगतीको प्रशशा गर्नु भयो । १६ मौजा सामुदायीक सिचाई प्रणालीका सभापती कृष्ण पौडेलले आमा समुहले हिजो देखी भवन निर्माण तथा समाजमा गरेको कामको प्रशसा गर्नु भयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि उमानन्द घिमिरे , उजिर शिह जि .सी यो ५ बर्षको अवधिमा जनताका सेवक रहेको बताउदै समाजका हरेक काममा आफुहरुले नेतृत्व गरेको बताउनु भयो । सो अवशरमा संस्थाका अध्यक्ष सिता पौडेलले भवन निमार्णमा भएको आर्थिक अबस्थालाइ प्रस्तुत गर्नु भएको थियो । सो अवशरमा सस्थामा सहयोग गर्ने सहयोगी लाई सम्मान तथा नेतृत्व तथा क्षमता बिकाश तालिमका प्रशिक्षार्थिलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सस्थाका अपाध्यक्ष अन्जु पौडेलको स्वागत तथा सचिव अनिता बरालको सन्चालनमा सम्पन्न भएको थियो ।




















