पूर्वी नवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै पर्ने विश्वकर्मा मन्दिर नजिक आज विहान बस र ट्रक ठाक्कर खाँदा २६ जना घार्इते भएका छ ।
दुर्घटानामा परी २६ जना यात्रु घार्इते भएका छन् भने घाईते मध्ये ३ जनाको अवस्था गाम्भीर छ भने ९ जनाको अवस्था सामान्यरहेको नवलपुर प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ७८५९ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको लु २ ख ८४० नम्बरको ट्रक ठाक्कर खाएको हो ।
दुर्घटनामा परी बस चालक सहित बसमा सवार यात्रु २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताए ।
घाइते मध्ये ३ जनाको अवस्था गाम्भीर र ९ जनाको अवस्था माध्यम रहेको छ भने १४ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरु मध्ये १० जनाको चितवनको पुरानो मेडिकल कलेजमा र बाँकी १६ जनाको मध्यविन्दु जिल्ला अस्पता डण्डामा उपाचार भईरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



















