लुदस, जितपुर
बाणगंगा नगरपालिका का नगर प्रमुख र उप प्रमुखको २०७४ को चुनावी घोषणा पत्रमा समावेश भएका बुदाँ मध्येको एक साझा बुदाँ थियो लक्ष्मणघाटमा शव दाह स्थल निर्माण , तर सो घोषणा बुद्धभुमिका मेयर केशव कुमार श्रेष्ठले पुरा गरिदिएका छन् ।
घोषणा गर्ने तर काम नगर्ने भएपछी हाल आएर बुद्धभुमिले सुरुवात गरेको शवदाह घर निर्माणको सवैले प्रशंशा गरेका छन् । शवदाह स्थल नहुँदा कपिलवस्तुबासीलाई मात्र नभई रुपन्देहीका नजिकका ठाँउ सालझण्डी, हरैया रुद्रपुर,सैनामैनाका अधिकांश भुभागका साथै अर्घाखाँचीको दक्षिणी क्षेत्र शितगंगाका अधिकांस गाउँ बस्ती बाट लक्ष्मणघाट ल्याईने शव अन्त्येष्टी गर्न समस्या हुने गरेका थियो ।

यस अगाडी बाणगंगा नदिमा शव दाह स्थल बनाउनका लागी संघर्ष समितिनै बनेको थियो । तर त्यो संघर्ष समितिले पटक पटक शवदाह निर्माणका कुनै पनी निकायले वास्ता गरेको थिएन ।
शव दाह स्थलमा ‘गेभिन प्रोटेक्सन सहित दुई फायर व्रिक्स मेटल सिटवाल लगायतका निर्माण कार्य हुनेछ । हिँउद र बर्खायाममा समेत अन्त्येष्टी गर्न सकिने योजनाका साथ आधुनिक तवरले निर्माण थालनी गरिएको बुद्धभुमीका सव ईन्जिनियर नमराज पौडेलले बताए ।
२०७० सालमा बाणगंगा नदिमा शवदाह गर्दागर्दै करिव ५० मलामीलाई बाढीले घेरेको र गत वर्ष पनी बाढीले शव अन्तेष्टि हुन नपाउदै बगाएर लगेको स्थानिय हुमनाथ भट्राई बताउछन् । हाल आधुनिक शव दाह वन्ने भएपछि स्थानिय ले खुसी व्यक्त गरेका छन । ‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ । यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको सहजता , स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस् भन्ने हेतुले प्ररम्परालाई समेत अंगालेर दाउरावाला शवदाह गृह निर्माणका लागि नगरपालिकाले चासो राखेको हो,’ श्रेष्ठले भने। उनले स्थान बाणगंगामा पर्ने भएपनी यो सवैको साझा रहेको हुदाँ नगरबाट विनियोजित २० लाख बाट निर्माण गर्न थालिएको बताए । यसका लागि बाणगंगाका जनप्रतिधिहरुसँग समेत जग्गाका निम्ति समन्वय गरेको जनाईएको छ ।
विगत लामो समय देखि कपिलवस्तुका साथै रुपन्देही र अर्घाखाँचीका पाएक पर्ने क्षेत्रबाट लक्ष्मणघाटमा मलामीहरुले अन्तिम संस्कार सदगतका लागी निश्चित स्थान नहुदा समस्या झेल्दै आएका थिए । शव दाह स्थल निर्माण सुरु भए संगै शव को दाहसंसकार गर्दा आउने समस्या समाधान हुने निश्चित छ ।
‘अहिले दैनिक ५ देखि १२ वटासम्म शवदाह हुने गरेका छन्। काठ दाउराको सहज उपलब्धता नहुनु , मलामीहरुलाई समयको अभाव जस्ता समस्या लाई शवदाह गृह निर्माण पछी सहजता हुने बताईएको छ । वर्षौ देखी यस क्षेत्रमा शव दाह गर्ने निश्चित स्थान नहुदा समस्या झेल्दै आएका थिए । विशेष गरी वर्षातका बेला बाणगंगा नदि को तटवन्ध सम्म पानी आउने भएकाले शव को दाह संस्कार गर्न साह्ै समस्या आउने गरेको थियो । यता बाणगंगा नगरपालिकाले कागजी डिपिआर निर्माण गरेको तर काम हुन नसकेको बझिएको छ ।




















