लुदस, जितपुर
आफैले गोली प्रहार गरि कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरगंन्ज गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहिले २ राउण्ड गोली चलाएको भन्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
प्रहरी का अनुसार गणको भित्रि पोष्टमा कार्यरत ति महिला झापा जिल्ला गौरदल नगरपालिका १ कि २४ वर्षिया कोपिला राजवंशी रहेको जनाईएको छ । जवानको पेटमा गोली लागि घाईते भएको र उपचारार्थ सेनाको टोलीले बुटवल लगेको त्यहाँ उपचार हुन नसकेपछी थप उपचारार्थ नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको बताईएको छ । उनको अवस्था गम्भिर रहेको र घटनाबारे थप अनुसन्धान भएको प्रहरी नायव उपरिक्षक जेसी शाहले बताएका छन् ।




















