लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा ६ मा आसन्न स्थानिय तह निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा र माओवादी विच तालमेल हुने संकेत देखिएको छ । सनिवार सत्ता गठबन्धनका ५ दलविच तालमेल हुने संकेत नदेखिएपछी सुठौलीमा नेपाली कांग्रेस बाहेकका दलको वैठक बसेको थियो ।
बाणगंगा नगरमा राष्ट्रिय जनमोर्चा को नेतृत्वमा जसपा र एकिकृत समाजवासी विच तालमेल भएपछी वडागत तहमा सत्ता गठबन्धन दल माओवादी वडामा तालमेलको नजिक पुगेको माओवादी केन्द्रका एक नेताले बताए । वैठकले नगरमा अझै तालमेतको संम्भवना खोज्ने र असंम्भव भए एमाले बाहेकका अन्य दल वडामा मिलेर जाने गरि तयारी गरेको समेत माओवादी केन्द्रका वडा अध्यक्ष कुलराज पौडेलले जानकारी दिए ।




















